सुनसरी - इटहरी रंगशालामा कफ्लर्ड लाईट जडान गरिएको छ । ३७ करोड भन्दा बढी लगानी भएर स्पोर्टस कम्प्लेक्समा परिणत भएको इटहरी रंगशालामा फ्लड लाईट जडानका लागि यसै आर्थिक बर्षदेखी काम सुरु भएको थियो ।

अहिले रंगशालाको पश्चिम तर्फको दुई वटा कुनामा लाइट जडान गरिएको छ । जडान गरिएको उक्त लाईटको शुक्रबार राती परिक्षण समेत गरिएको छ । रंगशालामा लाईट जडानका लागि कोशी प्रदेश सरकार खेलकुद बिकास बोर्डले चालु आर्थिक बर्षमा ८० लाख रुपैया बजेट उपलब्ध गराएको छ । थप रकम आगामी आर्थिक बर्षमा उपलब्ध गराइने सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए ।

लाईट जडान भएपछी आगामी बर्ष आयोजना हुने १४ औं संस्करणको अन्तराष्टिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता रात्रीकालिन हुने आयोजक राष्टिय जागृती क्लब इटहरीका कोषाध्यक्ष अनुरोध थापाले बताए । प्रदेश सरकारले उपलब्ध गराएको बजेट स्थानिय सरकारले समन्वय गर्न ढिलाई गरेका कारण गत चैत्र ४ गतेदेखी १० गतेसम्म भएको १३ औं संस्करणको गोल्डकप रात्रीकालिन रुपमा आयोजना गर्न नसकिएको थापाको भनाई छ ।

बिभिन्न खेलकुदका एक दर्जन बढी संरचना भएको सुबिधा सम्पन्न इटहरी रंगशालामा एकै पटक १२ वटा सम्म खेलकुदका प्रतियोगिता सञ्चालन गर्न सक्ने संरचना निर्माण भैसकेका छन । रंगशालामा ४ हजार दर्शक क्षमताको भिआईपी प्याराफिट समेत निर्माण सम्पन्न भएको छ ।