इटहरी । मेची महाकाली बुहारी संयुक्त आवाजको आयोजनामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नोवेल मेडिकल कलेजको सहयोगमा आयोजित स्वास्थ्य शिविरमा सुगर, प्रेसर, आँखा, नाक, कान घाँटी तथा स्त्री रोगका विषयमा चेकजाँच गरी विरामीहरुलाई औषधी वितरण गरिएको थियो ।
यस्तै अस्पतालका बालरोग विशेषज्ञ,हाडजोर्नी विशेषज्ञहरुले पनि सेवा दिएका थिए । स्वास्थ्य परिक्षणमा आएका विरामीहरुमा देखिएको समस्याको आधारमा शिविरमै भिडियो एक्स रे,इसिजी,ल्याब टेष्ट गरिएको थियो ।
प्राप्त रिपोर्टका आधारमा विरामीलाई औषधी वितरण गरिएको थियो । ठुला समस्या पहिचान भएका विरामीहरुलाई अस्पतालमा जान सुझाब दिईएको छ ।
इटहरीको किरात राई यायोख्याको भवनमा आयोजित स्वास्थ्य शिविरमा बालबालिका, बृद्धबृद्धा लगायत अन्य सबै उमेर समुहका गरी करिव पाँच सय भन्दा बढि सेवा लिएका छन् ।
विशेष गरी सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको मेची महाकाली बुहारी संयुक्त आवाजकी सुनसरी संयोजक पूजा विडारीले जानकारी दिईन ।
संस्थाले नियमित रुपमा विभिन्न सामाजिक काम गर्दै आएको संयोजक पुजा विडारीले बताईन । बार्षिक रुपमा नियमित तरिकाले सामाजिक काम गर्दै आएको उनको भनाई छ ।