सुनसरी । अत्याधिक गर्मी बढेपछी इटहरी उपमहानगरका बिद्यालयहरुमा दुई दिन बिदा दिने निणर्य गरिएको छ ।

प्रतिकुल मौषमका कारण अत्याधिक गर्मीले पठन पाठनमा असहज स्थिती आएको जनाउदै जेष्ठ १८ र १९ गते बिदा दिने निणर्य गरिएको इटहरी उपमहानगर शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुबेदीले जानकारी दिए ।

अहिले सञ्चालन भैरहेका परिक्षा सञ्चालनमा कुनै असर नपर्ने गरी बिहिबार र शुक्रबार बिद्यालयको पठन पाठन बन्द गर्न उपमहानगरले सबै बिद्यालयहरुलाई आग्रह गरेको सुबेदीले बताए ।

केही दिनयता इटहरी सहित पूर्बी तराईमा अत्याधिक गर्मी बढेपछी जनजीबन प्रभावित बनेको छ ।