सुनसरी । जेसीज सप्ताह २०२३ अन्तर्गत इटहरी जेसीजले आयोजना गरेको मैत्रीपूर्ण फुटसल खेलमा नेपाल प्रेस युनियन सुनसरी शाखा विजयी भएको छ ।   उद्योग वाणिज्य सङ्घ इटहरीलाई ४ का विरुद्ध ६ गोल गर्दै युनियन विजयी भएको हो । 
बिहीबार इटहरीको पाथीभरा फुटसल खेल मैदानमा भएको खेलमा प्रेस युनियनका राजकुमार श्रेष्ठले ४ गोल गरे । यस्तै युनियनका लागि अर्जुन चौधरी  र शोभित चौधरीले गोल गरे । उद्योग वाणिज्य सङ्घ इटहरीका लागि भने विष्णु  डाँगीले ३ र सुरेश कार्कीले १ गोल गरे । खेलको तेस्रो मिनेटमा युनियनका लागि राजकुमार श्रेष्ठले गाल गर्दै अग्रता दिलाए । 
त्यस्तै खेलको छैटौँ मिनेटमा  राजकुमारले पुन गोल थपे  थियो । खेलको आठौँ औ मिनेटमा  उद्योग वाणिज्य सङ्घ इटहरीका खेलाडी सुरेश कार्कीले गोल फर्काए । खेलको ११ औ मिनेटमा युनियनका अर्जुन चौधरीले गोल गरे ।  युनियनका विष्णु  डाँगी पहिलो हाफको १३ औ मिनेटमा गरेको प्रहार गोलमा परिणत भयो ।  
पहिलो हाफमा  ३ -२ गोल अगाडि रहेको युनियनका लागि दोस्रो हाफको १७ औ मिनेटमा  शोभित  चौधरीले थप एक गोल गरे । 
युनियनका अध्यक्ष ध्रुव ढकालको कप्तानीमा बाबुराम कार्की, कोवितजंग कार्की, राजकुमार श्रेष्ठ, निसान प्रकृति थारु, धिरेन चौधरी, अर्जुन चौधरी, समीर चौधरी र शोभित चौधरीको सहभागी थिए  । 
उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवन पराजुली, विष्णु डाँगी, सुरेश कार्की, ढुण्डिराज गुरागाईँ, दिलीप पराजुली, राकेश श्रेष्ठ, राजीव घिमिरे, अभिषेक बास्तोला र सिनेट रिजाल रहेको टिम मैदानमा उत्रेको थियो । 
इटहरी जेसीजले आयोजना गरेका सप्ताहव्यापी कार्यक्रम असार ९ गतेदेखि दैनिक विभिन्न कार्यक्रम गरिने अध्यक्ष योगेन्द्र पौडेल बताए ।