सुनसरी । ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिको लागि आज इटहरीको जुटबिकास फुटबल एकेडेमी र इलामको रेड हर्ष क्लब भिड्दै छन् ।
खेल स्थानीय  भानुजन माविको खेल मैदानमा दिउसो २ बजे सुरु हुनेछ ।
रेड हर्ष हिजो भएको अन्तिम सेमिफाइनलमा रेड स्टार क्लब माथि ५-४ को जित निकाल्दै फाइनलमा पुगेको हो ।
मोरङको पथरी एफसीलाई टाई ब्रेकरमा पराजित गर्दै इटहरीको जुट विकास फुटबल एकेडेमी फाइनलमा प्रवेश गरेको थियो ।
आफ्नो पहिलो सहभागितामै जुटबिकास फुटबल एकेडेमी उपाधि नजिक पुगेको हो ।
लाखे जात्रा सञ्चालन समिति ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधि सहित नगद ३ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ ।