सुनसरी । पहिलो सहभागितामै फाइनल पुगेको इटहरीको जुटबिकास फुटबल एकेडेमी ताप्लेजुङ गोल्ड कपको उपबिजेतामा सीमित भएको छ ।
आज भएको फाइनल खेलमा इटहरीको जुटबिकास फुटबल एकेडेमी इलामको रेड हर्ष क्लबसङ १-० गोल अन्तरले पराजित भएको हो । स्थानीय भानु जन माविको खेल मैदानमा भएको खेलमा रेड हर्ष क्लबले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेपछि जुटबिकास अभागी साबित भयो ।
रेडहर्स इलामले रेड स्टार फुटबल क्लब बिर्तामोडलाई पेनाल्टीमा ५-४ ले हराएर फाइनल प्रवेश गरेको थियो । जुट विकासले पनि सोमबार पथरी ११ मोरङलाई पेनाल्टी सुट आउटमा नै ५-४ ले नै हराएर उपाधि नजिक पुगेको थियो ।
लाखे जात्रा सञ्चालन समिति ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेता रेड हर्षले उपाधि सहित नगद ३ लाख ११ हजार हात पारेको छ भने उपविजेता जुट विकासले १ लाख ५१ हजारमा चित्त बुझाएको छ ।