सुनसरी । इटहरीमा शुक्रवारदेखि सुरु भएको कर्पोरेट क्रिकेट प्रतियोगितामा हिमालयन बैंक र मेघा इन्भेष्टमेन्ट बैंकले सानदार जित हात पारेका छन् ।
जिल्ला होटेल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीको आयोजनामा शुक्रवार सुरु भएको खेलको पहिलो दिन हिमालयन बैंक, मेघा इन्भेष्टमेन्ट बैंक, कस्तुरी एकेडेमी, सुष्मा गोदावरी कलेज, युवा उद्यमी मञ्च र बिश्वआदर्श कलेजले विजयी सुरुवात गरेका छन् ।
उद्घाटन खेलमा कस्तुरी एकेडेमीले इटहरी उद्योग वाणिज्य सङ्घलाई पराजित गरेको छ । दोस्रो खेलमा सुष्मा गोदावरी कलेजले मारवाडी युवा मञ्चलाई पराजित गर्दा तेस्रो खेलमा युवा उद्यमी मञ्च इटहरीले एनएमबी बैङ्कलाई पराजित गरेको छ ।
शुक्रबारनै सम्पन्न चौथो खेलमा बिश्वआदर्श कलेजले एक्सपर्ट भिसा एजुकेसनलाई पराजित गर्दा पांचौ खेलमा मेघा इन्भेष्टमेन्ट बैंकले व्यवसायी भीम पौडेलको पाथीभरा लीला ग्रुपलाई पराजित गरेको छ ।
शुक्रवारको पहिलो दिनको अन्तिम खेलमा हिमालयन बैंकले सनसाईन टुरिजम कलेजमाथि सहज जित हात पारेको छ ।
विजयी टिमहरू क्वाटर फाइनल प्रवेश गरेका छन् । क्वाटरफाइनलसंगै सेमिफाइनल तथा फाइनल खेल शनिवार हुने आयोजकले जनाएको छ ।
खेलकुद सँगै स्वास्थ्य र पर्यटन’ नारा दिइएको प्रतियोगिताको रोटरी क्लब अफ इटहरी युगल सहआयोजक रहेको छ ।
आरती स्ट्रीप्स प्रालिले मुख्य प्रायोजक गरेको प्रतियोगिता एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजले सह प्रायोजन गरेका छन् ।
नेपाल डिभिएम स्कुल परिसरको जनता क्रिकेट पार्कमा जारी प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने भएका छन् ।
प्रतियोगिताको कुल लागत ६ लाख अनुमान गरिएको आयोजक समितिका अध्यक्ष तेजबहादुर पुरीले बताए ।