सुनसरी । आयोजक अल्टिच्युड क्लब सुनसरीको इटहरीमा जारी प्रथम अल्टिच्युड रनिङ कप फुटवल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ ।
बिहिबार इटहरी १९ स्थित बरमपुर खेल मैदानमा भएको पहिलो सेमिफाईनल खेलमा आयोजक क्लब सप्तकोशी फुटबल क्लब बराहक्षेत्रलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधी नजिक पुगेको हो ।
आयोजकका लागि भुवन बस्नेतले गरेको गोल नै निणर्ायक बन्यो । बस्नेतले पहिलो हाफमा थपिएको अतिरिक्त २ मिनेटको समयमा गोल गरेका थिए ।
उनी खेलको म्यान अफ द म्याच घोषित हुदै नगद २ हजार ५ सय पुरस्कार हात पारे ।
आयोजकले अब उपाधीका लागि शुक्रबार हुने एपीएफ पकली र रक्की फुटबल क्लब आरआई एफसी काठमाण्डौ बिचको दोस्रो सेमिफाइनल खेलको बिजेतासंग शनिबार फाइनलमा प्रतिष्पर्धा गर्नेछ ।
प्रतियोगिताको बिजेताले नगद २ लाख २२ हजार र उपबिजेताले एक लाख ११ हजार रुपैया हात पार्ने क्लबका अध्यक्ष पिताम्बर तिम्सिनाले बताए । प्रतियोगितामा काठमाण्डौका दुई सहित १० टिमको सहभागीता रहेको छ ।