सुनसरी । सुनसरीको इटहरीमा जारी प्रथम अल्टिच्युड रनिङ कप फुटबल प्रतियोगिताको उपाधिका लागी सशस्त्र प्रहरी बलको एपीएफ पकली र आयोजक अल्टिच्युड क्लब भिड्ने भएका छन् ।
शुक्रवार इटहरी १९ स्थित बरमपुर खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा एपीएफले रक्की इन्टरनेशल फुटबल क्लब आरआई एफसीलाई २-१ अन्तरले पराजित गर्दै आयोजकसंगको उपाधि भिडन्त पक्का गरेको हो ।
apf
एपीएफको जीतमा बुद्धिमान राई एक्लैले २ गोल गरे । आरआई एफसीको तर्फबाट सुजन पुलामीले १ गोल गरे । 
     पहिलो हाफ गोलरहित भएको खेलमा तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ६६ औँ मिनेटमा आरआई एफसीको तर्फबाट सुजनले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेट नबित्दै एपीएफका बुद्धिमानले प्रहार गरेको थ्री किकलाई सदुपयोग गर्दै बलराम गोल गरेर टिमलाई बराबरीको अवस्थामा पुर्‍याए । पोलबाट रिबाउण्ड भएर आएको थ्री किक बललाई बलरामले गोलमा परिणत गरेका थिए । खेलको ७५ औँ मिनेटमा बुद्धिमानले नै प्रहार गरेको उत्कृष्ट थ्री किकले सिधै जाली चुमेपछि एपीएफले स्पष्ट २-१ को जीत निकालेको हो । 
    एपीएफले उपाधिका लागि शनिवार आयोजकसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । आयोजक यसअघि बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सप्तकोसी फुटबल क्लब वराहक्षेत्रलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगिसकेको छ । आजको खेलको म्यान अफ द म्याच एपीएफका बलराम निरौला घोषित हुँदै नगद २ हजार ५ सय पुरस्कार हात पारे । प्रतियोगिताको विजेताले नगद २ लाख २२ हजार र उपविजेताले एक लाख ११ हजार रुपैयाँ हात पार्ने क्लबका अध्यक्ष पीताम्बर तिम्सिनाले बताए । प्रतियोगितामा काठमाण्डौका दुई सहित १० टिमको सहभागिता रहेको छ ।