सुनसरी । इटहरीमा सम्पन्न पहिलो अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि बिश्वआदर्श कलेजले जितेको छ ।
इटहरी ९ स्थित जनता क्रिकेट पार्कमा बिहीबार सम्पन्न फाइनलमा नमुना कलेजलाई ११ रनले पराजित गर्दै बिश्वआदर्शले उपाधि जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको बिश्वआदर्शले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । जवाफमा १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको नमुना कलेजले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नमुना कलेजका गौरव कटुवाल, बिश्वआदर्शका भूपाल लुइँटेल वेस्ट बलर, सुमन गहतराज वेस्ट ब्याष्टमेन र रोशन शाह उदीयमान खेलाडी बने ।
विजेता तथा उपविजेता खेलाडीहरूलाई कोसी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सर्वजीतराज पाण्डे, सदस्य शिव यादव, क्यान सुनसरी सचिव सञ्जीव ढुङ्गाना, बिश्वआदर्श कलेजका प्राचार्य गणेश दुलाल लगायतले पुरस्कार वितरण गरे ।
इटहरी आदर्श जाइन्ट्सको आयोजना र क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसको प्रयोजनमा मङ्सिर २५ गते देखी भएको प्रतियोगितामा इटहरी क्षेत्रका ८ वटा कलेजको सहभागिता रहेको थियो ।