सुनसरी - प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि कोसी प्रदेश छनौट बिहीबार देखी हुने भएको छ ।
कोसी प्रादेशिक छनौट सुनसरीको इटहरी र भोक्राह नरसिंहमा हुने आयोजक सुनसरी जिल्ला क्रिकेट सङ्घले बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
DSC_0786
छनौट प्रतियोगिताको औपचारिक उद्घाटन भोक्राहाको डा. खालिल आजाद खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले गर्ने कोसी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सर्वजितराज पाण्डेले पत्रकार सम्मेलनमा जानकारी दिए ।
DSC_0787
प्रतियोगितामा कोसी प्रदेशको झापा, मोरङ, सुनसरी, इलाम, उदयपुरका खेलाडीहरू प्रतिस्पर्धा गर्नेछन् । छनौट प्रतियोगिता ५०-५० ओभरको र उत्कृष्ट पिचमा खेलाइने बताइएको छ । जसको सम्पूर्ण तयारी पुरा भएको प्रतियोगिता संयोजक अफजल हुसेनले बताए ।  विजेता तथा उपविजेता सहित विधागत उत्कृष्टलाई नगद सहित पुरस्कृत समेत गरिने आयोजकले जनाएको छ ।
DSC_0790
यसअघि यी जिल्लाको छनौट खेल भैसकेको र उक्त छनौटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूले प्रतिस्पर्धा गर्ने सुनसरी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष चेतनाथ पौडेल सिपीले जानकारी दिए ।
उत्कृष्ट प्रदर्शन गर्ने १८ जना खेलाडी छनौट गरिने र उनीहरूले आगामी साता काठमाडौँ र भैरहवामा हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोसी प्रदेश टिमबाट खेल्ने पाण्डेले बताए ।
तस्बीर - गुरु ढकाल, सञ्चारपाटी डटकम