सुनसरी । रोयल च्यालेन्जर्स बेंगलुरुले आइतबार दिल्ली क्यापिटल्सलाई ४७ रनले हराएको छ । यो उसको लगातार पाँचौँ जित हो र यससँगै उसले आफ्नो प्ले–अफ सम्भावना कायम राखेको छ ।

पहिले ब्याटिङ गर्दै बेंगलुरुले ९ विकेटको क्षतिमा १ सय ८७ रन बनायो । त्यसको जवाफमा दिल्ली १९.१ ओभरमा १ सय ४० रन बनाएर अलआउट भयो । यो जितपछि बेंगलुरु पाँचौँ स्थानमा उक्लेको छ ।

अब उसले प्ले–अफमा प्रवेश गर्नका लागि आफ्नो अन्तिम दुई खेल जित्नु पर्नेछ र अन्य खेलको नतिजा उसको अनुकूल हुनु पर्नेछ । दिल्ली भने हारले छैटौं स्थानमा झर्‍यो ।