विराटनगर  ।  कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन्  । प्रदेश सभामा कायम रहेको प्रदेश सभा सदस्य ९३ जना मध्ये ६२ जना प्रदेश सभा सदस्यहरू प्रक्रियामा सहभागी रहेका थिए । ५७ जना प्रदेश सभा सदस्यले विश्वास रहेको भन्दै मुख्यमन्त्री कार्कीलाई मत दिएको कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले घोषणा गरे ।  मुख्यमन्त्री कार्कीको विपक्षमा  भनेँ मत परेन राप्रपाका ५ जना सदस्य तटस्थ रहे । नेपाली काँग्रेसका सांसदहरू विश्वासको मत दिने प्रक्रियामा नै सामेल नभए पनि नेकपा एमाले, नेकपा माओवादी केन्द्र,  नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्यले मुख्यमन्त्री कार्कीलाई मत दिएका छन् ।