काठमाडौँ —  सनराइजर्स हैदराबादले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा कोलकाता नाइट राइडर्सको सामना गर्दै छ । टोलीका अस्ट्रेलियाली विश्वकप विजेता कप्तान प्याट कमिन्सले आइतबार एक अर्को ठूलो उपाधि जित्ने हो भने टिमबाट उत्कृष्ट प्रदर्शन आवश्यक हुनेछ ।

कोलकाताको हातबाट प्लेअफमा सजिलै पराजित भएको ५ दिनपछि फेरि उही प्रतिद्वन्द्वीको सामना गर्न लागेको हो । शुक्रबार भएको अन्तिम क्वालिफायरमा हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हराएको थियो ।

यससँगै टिम तेस्रोपल्ट आईपीएल फाइनल पुगेको थियो । मंगलबार भएको पहिलो क्वालिफायरमा यही टिम दुईपल्टको च्याम्पियन कोलकाताको हातबाट हैदराबाद ८ विकेटले पराजित भएको थियो । हैदराबादले विश्व ट्वान्टी–२० को सबैभन्दा धनी प्रतियोगिताको उपाधि एकैपल्ट जितेको छ । यो सन् २०१६ मा अर्का अस्ट्रेलियाली खेलाडी डेविड वार्नरको नेतृत्वमा सम्भव भएको थियो ।