सुनसरी । बिद्यालयस्तर देखी नै खेलाडी उत्पादन गर्ने उदेश्वले इटहरीमा सुरु ग्रास रुट फुटबल क्याम्प ४५ औँ हप्तामा पुगेको छ । अखिल नेपाल फूट्बल संघ एन्फाले ५ वर्षअघि सुरु गरेको फुटबलको आधारभूत तह मानिने ग्रास रुट अहिले राष्ट्रिय जागृति क्लब सहित इटहरी फुटबल क्लब र द ब्वाइज क्लबले सञ्चालन गर्दै आएका छन् । एन्फाको आर्थिक सहयोग रोकिएपछि इटहरीका यी क्लबहरूले सुरु गरेको ग्रास रुट कार्यक्रमले ४५ औँ हप्ता पार गरेको हो । इटहरी उपमहानगर ६ नं वडाको आर्थिक सहयोगमा ४५ हप्तासम्म चलेको कार्यक्रमका लागि चालु आर्थिक वर्षको बजेट सकिएपछि शनिवार समापन गरिएको छ । केही हप्ताको विश्रामपछि स्थानीय सरकारबाट सहयोग मागेर पुन सञ्चालन गरिने कार्यक्रम संयोजक एवंम एन्फा कोसी प्रदेशका सह महासचिव केशव कार्कीले बताए । 
grass root1
        फुटबल प्रतिको क्रेज बालबालिकामा देखेपछि आफूहरू नेपाली फुटबललाई एसियाकै उत्कृष्ट बनाउन लागिपरेको बताए । उनले उमेर समूहको प्रतियोगिता आयोजनालाई पनि स्थानीय क्लबहरूले प्राथमिकतामा राखेको जानकारी दिए । विगतमा एन्फाको भूमिका प्रभावकारी नभएकै कारण फुटबललाई नै आफ्नो लक्ष्य बनाएर खेल क्षेत्रमा लाग्ने खेलाडीहरूको संख्या नगन्य मात्रामा भएको उनले बताए । पछिल्लो समय स्थानीय तहले पनि खेलकुदलाई महत्त्व दिएकाले थुप्रै प्रतिभावना खेलाडीहरू बाहिर ल्याउन सहयोग पुग्ने कार्कीले बताए ।
grass root2
      इटहरीमा ४५ हप्तादेखि चलेको ग्रास रुट फुटबल क्याम्पमा सुनसरी र मोरङका २ सय बढी बालबालिका सहभागी छन् । विद्यालय बिदाको दिन प्रत्येक शनिवार सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय प्रशिक्षकहरूले सहभागी बालबालिकाहरूलाई फुटबलका आधारभूत सीपहरू सिकाइएको मुख्य प्रशिक्षक एवंम राष्ट्रिय महिला टिमका सहायक प्रशिक्षक श्याम मानन्धरले जानकारी दिए ।
grass root 4
फुटबल क्षेत्रमा लामो समय व्यतीत गरेका मानन्धरले आफूले सिकेको सीप तथा कलाको माध्यमबाट बालबालिकालाई सिकाए भविष्यमा प्रतिभावना खेलाडी बनाउने आफूहरूको योजना रहेको सुनाए । फुटबलका लागी सुनसरी उर्वर भूमि भएकाले बालबालिकामा फुटबलप्रतिको क्रेज बढ्नु सुभसंकेत भएको मानन्धरको बुझाइ छ ।
grass root
सुनसरी र मोरङका ग्रामीण क्षेत्रका बालबालिका समेत सहभागी ग्रास रुट फुटबल क्याम्पका लागी मानन्धर सहित एन्फा प्रशिक्षक सन्दीप थापा, राजकुमार श्रेष्ठ र दिवस राई लगायतका प्रशिक्षकहरू खटाइएको कार्यक्रम संयोजक कार्कीले जानकारी दिए ।