इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सुनसरीको राजाबास क्षेत्रमा स्वस्थ्य शिविर आयोजना गरिएको छ ।

 संस्थाको बार्षिक कार्ययोजन तथा सामाजिक तथा समुदायिक कार्यक्रम अन्र्तगत निशुल्क आँखा शिविर आयोजना गरिएको हो । 

शिविरमा नवदृष्टि आइ हस्पिटल इटहरीले प्राविधिक सहयोग गरेको थियो । हस्पिटलका डाक्टर तथा स्वास्थ्य प्राविधिकहरुले आँखा जाँच गरेका थिए । संस्थाको राजाबास सेवा केन्द्रका सेवाग्राही तथा अन्य सर्वसाधारण जनता तथा विद्यार्थीहरुले आँखा जाँच गराएका छन् ।

शिविरमा २५५ जनाको आँखा जाँच गरी आवश्यक औषधी वितरण गरिएको संस्थाका प्रमुख अधिकृत पुस्कर बस्नेतले जानकारी दिए । 

कार्यक्रम संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

किसान कल्याण सहकारी धेरै शेयर सदस्य हुने सहकारी अन्र्तगत पर्दछ । संस्थामा २३,८५२ जना सदस्य र १ अर्व ३६ करोडको कुल पूँजी रहेको छ । संस्थाले हाल ८ वटा सेवाकेन्द्र मार्फत सेवा दिइरहेको छ । 

eye 1