इटहरी । इटहरी उपमाहानगरपालिका वडा नम्बर १२ खनारमा लागुपदार्थ दुव्र्यसन विरुद्ध एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । 

इटहरी १२ नम्बर वडाको आयोजना तथा थारु कल्याणकारीणी सभा १२ नम्बर कमिटिको सहआयोजनामा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो । 

पछिल्लो समय लागु पर्दाथ प्रयोगकर्ता वढ्दै गएको खनारमा यसको  न्युनिकरण गर्ने उदेश्यले गरिएको कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक टेक बहादुर कार्कीले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रमा खनार क्षेत्रका विद्यालयमा अध्यनरत वालवालिकाहरु तथा अन्य मानिसहरुको सहभागिता रहेको थियो ।।