सुनसरी । धनुषामा पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ मा रहेको पोखरीमा हिजो साँझ तीन बालकको डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा अन्दाजी १० वर्षीय आदित्य कुमार साह, अन्दाजी ८ वर्षीय आयुस साह र १४ वर्षीय सुशान्त साह छन् ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु कुमार साहका अनुसार उनीहरु हजुर बुबा महावीर साहको घरमा भोज खान आएका थिए । सबै भोजभतेरमा व्यस्त रहेको बेला बालकहरु पोखरीमा डुबेका हुन् । डुब्ने बालकहरु महावीर साहका तीन छोरीका तीनैजना जेठा छोरा रहेको प्रहरी निरीक्षक साहले बताए । तीनैजना बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।