सुनसरी । इटहरीमा जारी अन्डर १३ जुनियर फुटबल प्रतियोगिताको बिहीबारको खेलमा दुहबीको महेन्द्र मेमोरियल स्कुलले विजयी सुरुवात गरेको छ । 
इटहरी ९ स्थित खेलमैदानमा बिहीबार सम्पन्न खेलमा महेन्द्र मेमोरियलले धरान फुटबल क्लबलाई पेनाल्टी सुट आउटमा २-१ ले पराजित गरेको हो । निर्धारित समयमा दुवै टिमबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो ।
बिहीबार नै हुने भनिएको खेलहरूमा डाँगी फुटबल क्लब र झापा इन्टरनेशनल स्कुल नेट गोलको आधारमा विजयी भएका छन् । कार्तिक १२ गतेसम्म चल्ने प्रतियोगितामा १६ वटा टिम सहभागी छन् ।
विजेताले नगद ३० हजार र उपविजेताले २० हजार पाउने आयोजकले जनाएको छ ।