सुनसरी । अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी एवंम नेपालकै पहिलो अन्तर्राष्ट्रिय निर्णायक सुशीला राई सम्मानित भएकी छन् ।
सुनसरीको तरहरा निवासी राईलाई इटहरी लेडी लेसिजले २३ औँ वार्षिक उत्सवको अवसर पारेर मङ्गलवार सम्मान गरेको हो । राईलाई कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेश सरकारको पर्यटन, बन तथा वातावरण मन्त्री सदानन्द मण्डल र इटहरी लेडी जेसिजकी अध्यक्ष इन्दिरा काफ्लेले नगद सहित सम्मान गरेका हुन । 
         दुई साताअघि काजकिस्तानको अस्थानामा भएको विश्वभरिका खेलाडीहरू सम्मिलित परीक्षामा उत्तीर्ण भएकी राई पुम्से विधामा नेपालकै प्रथम निर्णायक बन्न सफल भएकी हुन । राई १३ औ साफ गेमको  स्वर्ण पदक विजेता समेत हुन । 
अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको तर्फबाट कुशल प्रतिभा देखाइसकेकी राईलाई तेक्वान्दो खेलमा लगनशील भएर आफ्नो देशको नाम विश्वमा चिनाउन सफल भएको भन्दै सम्मान गरिएको इटहरी लेडी जेसिज अध्यक्ष काफ्लेले बताइन । 
     राईसँगै पत्रकारिता क्षेत्रबाट नेपाल टेलिभिजन इटहरी च्यानलका प्रमुख वसन्त रुपाखेती र सङ्घर्षशील एकल महिला सरस्वती श्रेष्ठ खुलाल पनि सम्मानित भएका छन् ।