सुनसरी । इटहरीमा शुक्रवारदेखि सुरु भएको दोस्रो अन्तर स्कुल तथा कलेज स्तरीय पुरुष भलिबल प्रतियोगितामा हिमशिखर बोर्डिङ र पूर्वाञ्चल कलेजले विजयी सुरुवात गरेका छन् ।
इटहरी उपमहानगरपालिका वडा नं ४ को आयोजना तथा इटहरी भलिबल क्लबको व्यवस्थापनमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा हिमशिखरले जनता माविलाई २-० को सोझो सेटले पराजित गरेको हो ।
bbb
दोस्रो खेलमा पूर्वाञ्चल कलेजले युनाइटेड गोरखा एकेडेमीलाई २-० सोझो सेटलेनै पराजित गरेको हो । 
    तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँ र उपविजेताले २० हजार हात पार्ने छन् ।
प्रतियोगिताको इटहरी उपमहानगरपालिका वडा नं ४ का वडाध्यक्ष भक्त लामाले उद्घाटन गरेका छन् ।
इटहरी वडा नम्बर ४ को कार्यालय भवन परिसरमा जारी प्रतियोगितामा सुनसरीका विभिन्न १२ वटा स्कुल तथा कलेजको सहभागिता रहेको छ ।