इटहरी  ।  नेपाल जेसिजका ५१ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली इटहरी आउँदै छन् । इटहरीमा आजबाट सुरु हुने महाधिवेशनको उद्घाटन गर्न प्रधानमन्त्री ओली १२ बजे विराटनगर पुग्ने कार्य तालिका रहेको छ । उनले एक बजे नेपाल जेसिजको महाधिवेशनको उद्घाटन  गर्ने तयारी छ ।
माहाधिबेशन आयोजक समितिका निर्देशक दीपक ढकालले  इटहरी जेसीजको आतिथ्यमा हुने राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । महाधिवेशनमा देशभरका १७८ शाखाबाट २ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछ । 
महाधिवेशनमा  १ हजार २ सय ४६ जना प्रतिनिधिले वर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन गर्नेछन् ।महाधिवेशन मार्फत सन् २०२५ का लागि राष्ट्रिय अध्यक्ष सहितका पदाधिकारीहरू चयन हुँदै छन् ।
अध्यक्षको लागि रश्मि शिल्पकार, विजय गुरुङ, रजनी थापा, नरेश चन्द्र ओझा, जीवन कार्की र सुनिल तिम्सिना प्रतिस्पर्धामा छन् ।

नेतृत्व चयनको लागी सोमबार मतदान हुने भएको छ । उद्घाटन कार्यक्रममा पर्यवेक्षक तथा अतिथि समेत गरी करिब ५ हजार बढीको सहभागिता रहने आतिथ्य शाखा इटहरी जेसीजका अध्यक्ष सुमन सुबेदीले बताए ।