विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शशस्त्र प्रहरीले सीमा सुरक्षा, बिपद र शान्ति सुरक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको बताएका छन् । आज सशस्त्र प्रहरी बल नेपाल नम्बर एक बाहिनी मुख्यालय पकली इटहरीमा २४ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सशस्त्र गौरव गाथा स्मरणीय रहेको चर्चा गरे ।

बोडरपोस्ट भवन नभएको अवस्थामा पनि सीमा सुरक्षामा खेलेको भुमिका अविष्मरणीय रहेको बताउँदै उनले सिमित स्रोत साधनबिच गरेको सेवा, राजस्व वृद्धि गर्न र बिपद ब्यवस्थापन काम गरेकोमा प्रशंसा गरे । बिपत्ति आइलाग्दा सशस्त्र प्रहरी हुँदा ढुक्क हुने अवस्था रहनु गौरवको विषय रहेको उनले बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले ५२ वटा बोडर पोस्ट निर्माण गरेको जानकारी दिँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । दुई देशको सीमामा आपसी समन्वय गरेर काम गर्दै देशले लाभ लिन सक्नु पर्नेमा उनले जोड दिए । कार्यक्रममा सशस्त्र प्रहरीका प्रहरी नावय महानिरीक्षक (डिआईजी) सम्भु सुवेदीले धन्यवाद मन्तव्य व्यक्त व्यक्त गर्दै सशस्त्र प्रहरीले विभिन्न आरोह अवरोह पार गर्दै जनताको सेवा गर्दै यहाँ आइपुगेको बताए ।

यस्तै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनिष थापाले शसस्त्र स्वागत मन्तव्य व्यक्त गर्दै सशस्त्र प्रहरीले गरिरहेको कामका विषयमा जानकारी गराए । कार्यक्रममा विभिन्न ब्यक्ति र प्रहरीलाई सम्मान गरिएको थियो ।