सुनसरी । डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाईटेड १५ औँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरीएको छ ।

 डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज २– १ को गोल अन्तरले पराजित गर्दै धरान फुटबल क्लब सेमिफाइनल प्रवेश गर्न सफल भएको छ । धरान फुटबल क्लबका लागि खेलको ४६ औँ मिनेटमा दोर्जे तामाङ्गले गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो गोल भने दोस्रो हाफको १२ औँ मिनेटमा विवेक राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले गरेको गोल नै टिमको जितका लागि निर्णायक बन्न पुग्यो । 

मंगलबार भएको क्वाटरफाइनल खेलमा धरान फुटबल क्लबले २ गोलको अग्रता लिए पछि चर्च ब्वाइज निकै दबावमा खेलेको थियो ।

दोस्रो हाफको अन्तिम समयमा चर्च ब्वाइजका अनन्त तामाङ्गले हेड मार्फत गोल गर्दै दबाव केही घटाउने प्रयास गरेका थिए । त्यसपछि लगातार दबाव बनाएको चर्च ब्वाइजले थप गोल गर्न नसक्दा आजको खेल हार्न पुगेको छ । 

बुधबारको पहिलो सेमिफाइन खेल युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) र मछिन्द्र फुलबल क्लब काठमाण्डौ बीच हुने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ ।