विराटनगर । औषधि व्यवस्था विभागले ६ समूहका एन्टिबायोटिक औषधि खुद्रा फार्मेसीबाट विक्रि गर्न प्रतिबन्ध लगाएको छ ।
रिजर्भ वर्गमा राखिएका औषधिहरु खुला बिक्रीमा रोक लगाइएको विभागले जनाएको छ ।
विभागले खुल्ला बिक्रि प्रतिबन्ध गरेका औषधीहरुमा पोलिम्याक्सिन बी, मेरोपेनम, पिप्रासिलिन, भ्यान्कोमाइसिन, कोलिस्टिन र लिनिजोलिड छन् ।
यी ६ समूहका औषधि चिकित्सकको सिफारिसमा अस्पतालको फोर्मसीबाट मात्रै बिक्री गर्न पाइने विभागले जनाएको छ ।
एन्टिबायोटिक औषधि प्रयोगको असरबाट हुने प्रतिजैविक प्रतिरोधको अवस्था नियन्त्रण गर्न यस्तो निर्णय गरिएको विभागले जनाएको छ ।