इटहरी । बढ्दो सामाजिक विकृतलाई नाटक मार्फत प्रस्तुत गर्दै स्कुल थिएटरको १० औँ श्रृङ्खला सम्पन्न भयो । आइतबार र सोमबार दुई दिन सम्म नाटक प्रदर्शन गरिएको थियो । 

१० औँ श्रृङ्खलामा बालकलाकारहरु आफैले लेखन तथा निर्देशनमा ६ वटा नाटक प्रर्दशन गरे । जसमा अधिकाँस नाटक सामाजिक मनोविज्ञान र बढ्दो सामाजिक विकृतीमा आधारित थियो । 

समाज कसरी नकारात्मक बन्दै छ भन्ने कुरा बालबालिकाहरुले गरेको प्रर्दशनमा प्रष्टै झल्कन्थ्यो । 

१५ दिन सम्म नाच्दै, उफ्रदै, खेल्दै सिकेका बालबालिकाहरुले आफुमा परेको असर नाटक मार्फत अभिभावकलाई देखाए । 

समृद्धि दुलालले निर्देशन र अदिति दाहालको सह–निर्देशन रहेको पहिलो नाटक ‘चर्चै–चर्चा’ ले बढ्दो सामाजिक सञ्जालले ल्याएको विकृतीलाई देखाइएको थियो ।

मृत्युमा पनि सेल्फी खिच्ने हाम्रो समाज कता जाँदैछ ? नाटक मार्फत बालबालिकाहरुले  अभिभावकलाई प्रश्न गरेका छन् । 

अभिभावकले गरेको कामले छोराछोरीमा कस्तो असर परिरहेको छ भन्ने कुरा सम्यता किरातीले निर्देशन गरेको नाटक ‘ऐना’ मा देखियो । ‘ऐना’ले दर्शकदीर्घामा बसेका अभिभावकलाई सोच्न बाध्य बनायो । 

नाटक ‘उल्टो बाटो’ मार्फत बालबालिकाले अभिभावकहरु प्रश्न सोधे आफ्ना बुवाआमालाई अवहेलना, तिरस्कार गर्दै वृद्धाश्रममा मृत्युवरण गर्नुपर्ने कस्तो संस्कार दिँदै हुनुहुन्छ हामीलाई । 

natak 3

अझै पनि छोरीलाई हेर्ने समाजको कुदृष्टिलाई नाटक ‘छोरी’ मा प्रस्तुत गरियो । गरिब परिवारमा जन्मिनु नै अभिसाप हुनु, पढ्न भोग्नुपर्ने संघर्षको कथा रिदिमा कालाखेतीले बुनेकी छिन् । 

natak 2

बालबालिका आफैले आफ्नो स्वास्थ्यको हेरचाह कसरी गर्ने भन्ने कुरा नाटक ‘दाँतको दुःख’ मार्फत देखाए । 

natat 1

छैठौँ नाटक ‘रङ्ग’ मार्फत जिवनमा कसरी रङ भर्ने कुरा निर्देशक पूण्यका राई र उनका साथीहरुले सिकाए । 

natak 7

विद्यालय छुट्टीको समयलाई सदुपयोग गर्दै कलालय इटहरीले १५ दिने नाट्य प्रशिक्षण दिए पछि स्कुले बालबालिकाहरुले नाटक प्रर्दशन गरेका हुन । स–साना स्कुले बालबालिकाहरुलाई कलालयकै उत्पादन प्रज्वल दुलाल, विकास श्रेष्ठ,राजा श्रेष्ठ लगायतले नाट्य प्रशिक्षण दिएका थिए । 

natak 6

स्कुले बालबालिकाहरुको नाटक हेर्न आएका वरिष्ठ नाट्यकर्मी सुनील पोखरेलले ईश्वरलाई, कलालयका अध्यक्ष सोनु जयन्ती र नाटक गर्ने बालबालिकालाई धन्यवाद दिए । 

कलालय इटहरीले विगत १५ बर्ष देखी स्कुल थिएटर आयोजना गर्दै आएको छ ।