सुनसरी । पानबारी फुटबल क्लब धरानले दोस्रो तरहरा गोल्ड कपमा विजयी सुरुवात गरेको छ ।
आइतबार सम्पन्न दोस्रो क्वाटर फाइनलमा बेलका यूथ क्लब उदयपुरलाइ २- १ गोल अन्तरले पराजित गदै पानवारी विजयी भएको हो ।
खेलको पहिलो हाफको १६ मिनेटमा पानबारी फुटबल क्लबको तर्फबाट प्रदीप राईले पहिलो गोल गरेका थिए ।
यस्तै दोस्रो हाफको ६ मिनेटमै पानबारीको तर्फबाट अर्जुन लिम्बुले दोस्रो गोल गरेर विजयी गराए ।
दोस्रो हाफको २१ औ मिनेटमा बेलका फुटबल क्लबका तर्फबाट रोशन गुरुङले गोल फर्काए पनि त्यो जीतका लागि पर्याप्त हुन सकेनन ।
खेलको प्लेयर अफद म्याच प्रदीप राई घोषित भए ।
सोमबार हुने तेस्रो क्वाटर फाइनल खेल भने योङ ब्रोदर्श फुटबल क्लब इटहरी र केराबारी फुटबल क्लब मोरङबिच हुने आयोजकले जनाएको छ । यसअघि हिजो भएको उद्घाटन खेलमा रामधुनीको पाञ्चायन फुटबल क्लबले आरआईएफसी फुटबल क्लब काठमाण्डौलाई पराजित गर्दै सेमिफाइनलमा पुगिसकेको छ ।
पुस १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
तरहराको बहु भाषी खेलमैदानमा जारी प्रतियोगितालाई योङ्ग ब्वाइज फुटबल क्लब तरहराले आयोजना गरेको हो ।

















