सुनसरी । देशभरका अस्पतालहरुले आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई परिपत्र गर्दै सो सम्बन्धी व्यवस्था मिलाउन भनेको छ । 

सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइतबारको हकमा कामको भार र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्न भनिएको छ ।


कर्मचारीलाई शनिबारबाहेक सातामा अर्को एक गरी दुई दिन बिदा दिने व्यवस्था गर्न र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदाको व्यवस्था गर्नुपर्ने छ । 

प्रादेशिक अस्पतालहरूमा पनि यो व्यवस्था लागू हुने मन्त्रालयको भनाइ छ ।