इटहरी । सुनसरीको इटहरीमा  फागुनको ११ गते देखि प्रथम जुत्ता चप्पल व्यापार महोत्सव लागिरहेको छ । महोत्सवमा विभिन्न ५ वटा नेपाली जुत्ता उत्पादन कम्पनीका १० वटा ब्रान्डका ३ हजार भन्दा बढी मोडलका जुत्ता चप्पल राखिएका छन् । महोत्सवमा बच्चा महिला युवा जेष्ठनागरिक सबैलाई हुने गरी जुत्ता र चप्पल राखिएका छन् । महोत्सवमा १५ प्रतिसतदेखि ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । नेपाली जुत्ताहरूको प्रवर्धनका लागि महोत्सवको आयोजना गरिएको आयोजकले जनाएका छन् । स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि आयोजित महोत्सवमा बजार मूल्य भन्दा सस्तो मूल्यमा जुत्ता चप्पल पाइएपछि महोत्सवमा ग्राहकाको भिड बढेको छ ।  जुत्ता चप्पल व्यपार  महोत्सब , नेपाली जुत्ता चप्पल उद्योगको अवस्था समस्या र चुनौतीका विषयमा फुट वेयर म्यानुफ्याक्चरीङ्ग एसोसिएसनका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नानीराज घिमिरेसँग गरिएको कुराकानी

इटहरीमा जुत्ता चप्पल व्यापार महोत्सव किन आवश्यक पर्‍यो ? 

नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान भन्ने नाराका साथ हामी इटहरी मा आएका हौ । राज्यले गर्नु पर्ने काम निजी क्षेत्रले गर्ने काम २०८० साल वैशाखबाट बुटवलबाट सुरु गरेका हो । त्यसपछि हामीले बुटवलमा सामूहिक रूपमा जुत्ता चप्पलको सो रुम सञ्चालन गर्‍यौ । त्यसपछि हामीले जनकपुर, काठमाण्डौको ४ वटा स्थानमा पनि हामीले महोत्सव लगायौ । त्यसपछि हामीले कोशी प्रदेशको बिर्तामोडमा पनि लगायौ ।
नेपालमा यो किसिमको जुत्ता बन्छ । यो क्ववालिटीको जुत्ताहरू छन् । जुत्ताको मूल्य यति पर्छ र मोडलहरू यस्ता यस्ता छन् भनेर उपभोक्तालाई जानकारी गराउने हिसाबले महोत्सव लगाउँदै आएका छौ । अहिले सम्म हामीले ८ स्थानमा आउट लेट खोलिसकेका छौ । इटहरीमा पनि जुत्ता उद्योगीका तर्फबाट संयुक्त आउट लेट खोल्ने तयारी स्वरूप महोत्सव लगाएका छौ । 

तर यहाँहरू आउने बित्तीकै महोत्सव नै लगाउन पाउनु हुन्न भन्ने किसिमको अवरोध उत्पन्न भयो । यहाँहरूले कानुनी प्रक्रिया पुरा गर्नु भएको थिएन ?
 
हामी कुनै ठाउँमा जाँदा स्थानीय तहबाट लिनु पर्ने अनुमति लिएर मात्रै महोत्सव लगाउँदै आएका छौ । एउटा स्थानीय तहमा अनुमति लिनु पर्छ । अर्को राज्यलाई  ट्याक्स तिर्नका लागि पनि आन्तरिक राजश्व कार्यालयबाट अनुमति लिनु पर्छ । तेस्रो स्थानीय मेला भएकाले जिल्ला प्रशासन कार्यालयबाट पनि अनुमति लिनु पर्छ । हामीले इटहरीमा पनि यी सबै ठाउँबाट अनुमति लिएका छौ । सँगसँगै २०८० साल फागुन ११ गते महोत्सव उद्घाटन गर्नु पर्ने भएकाले हामीले पत्रकार सम्मेलन गर्‍यौ । त्यही बेलाबाट जनप्रतिनिधि उद्योग वाणिज्य सङ्घ सँग समन्वय गरेका छौ । इटहरी उप महानगरपालिका मेयरसँग हामीले उद्घाटनका लागि समय लिएका थियौ । म आफै गएर उद्योग वाणिज्य सङ्घका अध्यक्षलाई भेटेर विशेष अतिथिको रूपमा निम्ता गरेको थिए । निमन्त्रण पत्र पनि दिएको थिए । तर उहाँ भेट हुनु भएन । हामीले कानुनी प्रक्रिया लिने ठाउँमा प्रक्रिया पुरा गरेको । हामीले समन्वयको काम पनि गरेको हो । तर आवेशमा आएर साथीहरूले एक जोर जुत्ता बेच्न पाउनु हुन्न भन्ने किसिमको काम गरेको । हामीलाई फोन आएको । ११ गते अफ्ठेरो पर्ने गरिएको कुरा आएको । 
महोत्सवबाट उपभोक्ताले के पाउँछन् ?
 मैले अघि पनि भनी सके यो महोत्सवबाट यहाँका उपभोक्ता, व्यापारी र राज्य तीनै क्षेत्रले यो महोत्सवबाट फाइदा लिन सक्छन् । उपभोक्ताले सहज रूपमा नेपाली जुत्ता पाउँछन् । नेपाली उत्पादनमा बिदेसी भन्दा क्वालिटी पनि छ सस्तो पनि छ । बजारमा पाइने बिदेसी ब्राण्डेड जुत्तालाई छाडेर ४ हजार ५ हजार रुपैयाँ पर्ने जुत्ता भन्दा हामीले उत्पादन गरेका जुत्ता बलिया र सस्ता छन् । ५ हजार पर्ने जुत्ता २ हजार २५ सयमा यो महोत्सवमा पाइन्छ । यहाँ ५ सयबाट ३ हजार रुपैयाँ सम्ममा जुत्ता पाइन्छ । यसले उपभोक्तालाई फाइदा हुने नै भयो । राज्यले महोत्सवबाट कर पाउँछ । हामीले ३५ दिनको लागि अस्थायी प्यान नम्बर लिएर महोत्सव सुरु गरेका छौ । उद्योगको आफ्नै आउट लेट भएकाले हामी उद्योगकै भ्याट बिल काट्छौ । यसले पनि राज्यलाई करबाट फाइदा पुग्ने छ । यहाँ दायाँ बायाँ अर्को बिल पाउने कुरा हुँदैन । 
स्थानीयको कुरा गर्ने हो भने अहिले हामी ५ वटा कम्पनी आएका छौ । हामीले ४० देखि ४५ जनालाई रोजगारी दिएका छौ । सुरक्षा यहीको छ । बेच्ने मान्छे यहीका छन् । हामी आएर बस्दा होटल व्यवसाय चलेको छ । अहिलेको आर्थिक मन्दीका बेला यो इभेन्टले धेरै कुरा पाइदा पुगेको छ । समग्र यहाँको बजार चलायमान भएको छ । 
महोत्सवमा कति ब्रान्ड छन् कति मोडल छन् ? 

यहाँ हामी ५ वटा उद्योगका १० वटा ब्रान्ड र ३ हजार भन्दा बढी मोडल महोत्सवमा राखिएको छ । हरेक उद्योगसँग ४ देखि ५ सय मोडल छन् । मूल्यका हिसाबले ५ सय रुपैयाँ देखि ५ हजार रुपैयाँ सम्म पर्ने जुत्ता चप्पल राखिएको छ । यहाँ बच्चा महिला वयस्क, जेष्ठ नागरिकलाई हुने जुत्ता चप्पल छन् । यस्तै बच्चाको, महिलाको पाटी सुज, क्याजुयल सुज चप्पल, विद्यालयको सुज एउटा छानामा मुनी पाइन्छन्।  यहाँ एउटा परिवारलाई हुने सबै खाले जुत्ता चप्पल पाइन्छ । महोत्सवमा आएपछि बाहिर जानु पर्दैन । 
नेपाली उद्योगबाट उत्पादन भएका जुत्ता बलिया छैनन् की भन्ने आशङ्का छ ? 
यही आशङ्कालाई चिर्नका लागि हामीले महोत्सव लगाँउदै  आएका छौ । नेपाली उत्पादन गुणस्तरीय छन् । सस्ता छन् भन्ने प्रमाणित गर्न नै महोत्सव लगाइएको हो । डिजाइनमा उत्कृष्ठ छन् । बलिया छन् भन्ने देखाउनु हो । उपभोक्तालाई  सोध्नुस् उपभोक्ता खुसी हुन्छन् ।विदेशी जुत्ता एउटा दोकानबाट लग्नु भयो भने ५ दिन पछि बिग्रियो भने यो त बाहिरबाट आएको हो भन्ने जवाफ पाउनु हुन्छ । हामी कम्पलेन फिर्ता लिन सक्दैनौ भन्नु हुन्छ । तर हामीले ६ महिनाको बकाइदा वारेन्टी लिएका छै । क्वालिटी छ छैन भन्ने कुरामा त हामी जिम्मेवार छौ नै । 
नेपाली जुत्ता उद्योगको अवस्था के छ त ? हामी आत्मनिर्भर हुने अवस्थामा हौ की ? निर्यात गर्ने अवस्थामा पुगेका छौ की के छ अवस्था ? 
नेपाली जुत्ता उद्योगको कुरा गर्ने हो भने अहिले लगू मझौला र ठुला गरेर हेर्नु पर्ने हुन्छ । लगू उद्योगहरू परम्परागत सिपमा आधारित छन् । पुर्खौली र पुस्तौने सिपका आधारमा घरमै पनि जुत्ता चप्पल उत्पादन गर्ने गरिएका छन् । उहाँहरूको सङ्ख्या १२ सयको हाराहारीमा छन् । ५० जोर देखि हजार जोर जुत्ता उत्पादन गर्नेलाई हामीले मझौला उद्योगीको रूपमा विभाजन गरेका छौ । यस्ता उद्योग २ सयको हाराहारीमा छन् । यसै गरी १ हजार भन्दा ५ हजार सम्म बनाउने४० देखि ५० सम्म छन् । ५ हजार भन्दा माथि बनाउने पनि छन् । फुटवेयरको कुरा गर्दा वाथमरुममा लगाउने घरमा लगाउने, बाहिर हिड्दा लगाउने सबै पर्छन् । स्कुल जाँदा लगाउने, पाटीमा जाँदा लगाउने , स्पोर्टका जुत्ता सबै फुटवेयरमा पर्दछन् । यसरी हेर्दा एउटा उद्योगले १० हजार जोर देखि एक लाख जोर सम्म दैनिक जुत्ता उत्पादन गर्दै आएका छन् । 
नेपाली जुत्ता उद्योगको कुरा गर्ने हो भने वार्षिक १६ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता राख्छन् । हामीले सर्भे गरेका छौ । सर्भे अनुसार बजारमा बस्ने महिलाहरूले १० देखि १२ जोर जुत्ता चप्पल वर्षमा लगाउँछन् । पुरुषहरुले् ५ देखि ६ जोर लगाउँछन् । पहाडमा २ देखि ३ जोर जुत्ता लगाउँछन् । औसतमा एक जनाले ३.४५ जोर जुत्ता नेपालीले लगाँउदछन् । हाम्रो जनसङ्ख्या चानचुन ३ करोड जुत्ता प्रयोग हुन्छ । यस्तो अवस्थामा १६ करोडमा ६ करोड ५० लाख जोर जुत्ता चप्पल नेपाली उद्योगले धान्छ । लिगल रूपमा भित्रिएका डेढ करोड देखि२ करोड जुत्ता नेपाली उपभोक्ताले उपयोग गर्छन् । बाँकी डेढ देखि २ करोड जुत्ता चोरी निकासीबाट आउँछ । यसले ठुलो मात्रामा राजश्व गुमी रहेको छ । अहिले चोरी तस्करीका कारण हामी जुत्ता उद्योग बन्द गर्ने अवस्थामा छौ । खुल्ला सीमाबाट हुने तस्करी नेपाली जुत्ता चप्पल उद्योगको चुनौती हो । हामी साँढे १६ करोड जोर जुत्ता चप्पल उत्पादन गर्न सक्ने क्षमता राख्छौ । तर ७ करोड जोर जुत्ता चप्पल गरेर बसिरहेका छौ । हामी अहिले ५८ देखि ६० लाख जोर जुत्ता चप्पल विभिन्न १८ वटा देशहरूमा निर्यात गरिरहेका छौ ।
हामी राज्यको सबै निकायमा दर्ता छौ । भ्याट कर सबै तिर्छौ । तर कति पय उद्योगहरू दर्ता विना नै सञ्चालनमा छन् । भारतबाट कालिगढका रूपमा नेपाल छिर्ने, केही समय उद्योगमा काम गर्ने अनि आफै विना दर्ता जुत्ता चप्पल बनाउनेहरु छन् । न उहाँहरूले दर्ता गरे कर तिर्नु भएको छ ? यस्ता उद्योगहरूले कच्चा पदार्थ समेत चोरी पैठारी गरेर ल्याउने गर्नु भएको छ । यसले नेपाली जुत्ता उद्योग धराशायी त बनी रहेको छ नै । राज्यले पाउने ठुलो राजश्व समेत गुमिरहेको छ । यसरी हेर्दा जुत्ता चप्पल नै सिधै चोरी पैठारी भएर आउने अर्को कच्चा पदार्थ चोरी पैठारी भएर आउने यो समस्या अहिले बढ्दो छ । यसलाई राज्यले रोक्नु पर्छ । 
यो समस्या समाधान गर्न राज्य किन लागेन ? यहाँहरूले चोरी पैठारी रोक्न के पहल गरिरहनु भएको छ ?

हामीले चोरी पैठारी रोक्न हामी पटक पटक डेलिगेसन गएका छौ । म अध्यक्ष हुँदा प्रधानमन्त्रीसँग पनि छलफल गर्‍यौ । मुख्य सचिव,सचिव तीन वटै सुरक्षा निकायका चिफसँग पनि हामी बस्यौ । उहाँहरूले समस्या समाधान गर्छौ भन्नु भएको थियो । तर अहिले सम्म अवस्था फेरिएको छैन । आश्वासन दिनु भयो ,केही समय रोकियो पनि तर फेरी  चोरी पैठारी निरन्तर भइरहेको छ । राज्यलाई हामीले सुझाव दिइरहेका छौ । नीतिगत रूपमा सम्बोधन गरेको छ । तर कार्यान्वयनको पक्ष अत्यन्तै फितलो छ । 
फुटवेयरको कुरा मात्रै नगरौँ । निर्यात गर्ने यस्ता उद्योगहरू पनि अहिले चोरी पैठारीको मारमा परेका छौ । यो समस्या समाधान गर्न सहज छ । आन्तरिक राजश्व कार्यालय सबै तिर छ । एक पटक पसलमा जाने अनुगमन गर्ने, विल हेर्ने स्टकहरू हेर्ने हो भने समस्या समाधान हुन्छ । हामी सच्चिने मौका सहित हामी आएका हौ सच्चिनु भएन भने पेनाल्टी हान्छौ भन्ने हो भने यो समस्या समाधान हुन्छ । एक पटक चेतावनी दिएर २० दिन पछि फेरी पसलमा जाने हो भने विना बिजोकको माल आउन छाड्छ । बिल विजकमा कडाइ गर्ने हो भने व्यापारीले लिन छाड्छ । व्यापारीले नलिइदिए पछि चोरी गर्नेहरूले कहाँ बेच्छन् । चोरी तस्करी त अटोमेटिक नियन्त्रण हुन्छ । यसले व्यापारलाई पनि फाइदा पुग्छ । उद्योगीलाई पनि । यसबाट फाइदा त राज्यलाई नै पुग्ने हो नि । यति सहज उपाय हुँदा पनि राज्य उदासीन छ ।
 नेपाली जुत्ता उद्योग निर्यात गर्ने उद्योगको रूपमा राज्यले लिएको छ । कुनै नीतिगत समस्याहरू छन् ? जसले नेपाली जुत्ता चप्पललाई विदेश पठाउन समस्या भइरहेको छ ? 

भूकम्प र नाकाबन्दी भन्दा अगाडि नेपाली जुत्ता निर्यात हुने बस्तुको छैटौँ सूचीमा थियो । त्यो बेला अडाइ करोड जोर भन्दा बढी जुत्ता चप्पल वार्षिक रूपमा विदेश निर्यात भएका थिए । तर अहिले ६० देखि ७० लाख जोर विदेश गइरहेका छन् । तर भूकम्प, नाकाबन्दी र कोरोनाका कारण सप्लाइको चेन टुटेको छ । चेन टुटेपछि अर्को समस्या भयो । त्यसपछि सरकारले कूटनीतिक पहल गरेन । अति कम विकसित मूलकको रूपमा राखेर कति पय देशमा शून्य भन्सारको नीति छ । म अमेरिकाका कुरा गरौँ । ७७ वटा बस्तु मध्ये नेपाली जुत्ता पनि पर्छन् । अमेरिकासँग भएको शून्य भन्सार भएका बस्तुको सूचीमा जुत्ता पनि राखिएको छ । तर कार्यान्वयनमा अहिले पनि हामी ३७.५ प्रतिशत भन्सार तिर्छौ । हामीले पटक पटक राज्यलाई भनेका छौ । तर अव पहल गर्छौ अव गर्छौ भन्ने जवाफ आएको छ तर समस्या समाधान भएको छैन ।