विराटनगर । कोशी प्रदेश सरकारका निर्वतमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा दायर गरेको रिटको आज पूर्ण इजलासमा सुनुवाइ हूँदैछ । 

कार्कीले दायर गरेको रिटको पेशी श्री प्रकाश कुमार ढुङ्गाना,अब्दुल अजीज मुसलमान र  श्री सुनिल कुमार पोखरेलको इजलासमा पेशी चढेको छ । 

कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुगले नयाँ सरकार गठनको आव्हान गरेपछि असन्तुष्ट हुँदै कार्की अदालत गएका थिए । संविधानको धारा १६८ (५)अन्तरगत असोज २७ गते मुख्यमन्त्री बनेका कार्की केन्द्रीय गठबन्धन फेरिएसँगै अल्पमनमा परेका थिए । कार्की अल्पमतमा परेको सन्देश सङ्कल्प प्रस्ताव मार्फत प्रदेश सभाले प्रदेश प्रमुखको कार्यालयमा पठाएपछि प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १६८(५) अन्तरगत नयाँ सरकार गठनको आव्हान गरेका थिए । संविधानको धारा १६८(५) अन्तरगत नयाँ सरकार आव्हान भएसँगै हिक्मत कार्की वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनले प्रदेश सभाबाट विश्वासको मत समेत पाएका छन् । 

नयाँ सरकार गठनको प्रक्रियामा असन्तुष्ट हुँदै वैशाख २७ गते निवर्तमान मुख्यमन्त्री केदार काकीले रिट दायर गरेका हुन् । सो रिटका षियमा आज पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो । उनको मुद्दामा जेठ ९ गते मुख्यमन्त्रीको रूपमा हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्ति गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश गरेको थियो ।

त्यसअघि वैशाख २८ गते न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिएको थिएन । सो इजलासले छलफलमा बोलाउने आदेश गरेको थियो । एकल इजलासले छलफलमा बोलाउँदा ५ वटा  संवैधानिक प्रश्नहरू उठाएको थियो ।

केदार कार्की असोज २७ गते संविधानको धारा १६८ (५) अन्तरगत मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कात्तिक १ गते विश्वासको मत पाएका उनले दोहोर्‍याएर विश्वासको मत लिनु नपर्ने जिकिर गरेका थिए ।