साउन ४ । नेपाली काँग्रेस सुनसरीले अहिलेको संघीय सरकार गठन गर्दा समावेशितालाई ध्यान नदिएकाले गर्दा आगामी दिनमा गम्भीर बन्न सचेत गरेको छ । नयाँ सरकारमा मन्त्री पठाउँदा समावेशितालाई ध्यान नदिएकाले गर्दा आगामी दिनमा सचेत हुन जिल्ला कार्यसमितिको बैठकले माग गरेको छ । 
    बैठकपछि नेपाली काँग्रेस जिल्ला सचिव द्वय वीरेन्द्र साह र माधव घिसिङ्द्दारा जारी विज्ञप्तिमा आगामी साउन ७ गतेदेखि साउन २१ गतेसम्म जिल्लाभरका सम्पूर्ण वडाको वडा सम्मेलन गर्नुपर्ने, साउन २२ गतेदेखि ३१ गतेसम्म पालिका सम्मेलन गर्नुपर्ने, भदौ १ गतेदेखि ८ गतेसम्म प्रदेश सभा सम्मेलन गर्नुपर्ने र भदौ ९ गतेदेखि १५ गतेसम्म क्षेत्रीय सम्मेलन सक्न सकुर्लर गरिएको छ ।