विराटनगर । प्रधानमन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले भगवानहरुलाई पढाउने ऋषि गुरुहरू भएको स्थल कोसी भएको बताएका छन् ।

त्यस बेला प्रोफेसरलाई ऋषि भनिन्थ्यो, त्यो बेलाका ऋषिमुनीहरुले परापूर्व कालमा भगवानलाई पढाउने गरेको कथ्य सुनाए । पूर्वाञ्चल विश्वविद्यालयको १३ औ दिक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले यो क्षेत्र भनेको ज्ञानको केन्द्र र गौरवको रहेको उल्लेख गरे । 

परापूर्व काल (त्रेता युग)मा राम, सिता, दशरथ र शिवको युगको त्यो बेलादेखि नै यो ठाउँ शिक्षा दिक्षाकोलागि असाध्यै उर्वर ठाउँ भएको बताए ।

  ‘यही चतरामा विश्वामित्रका पुत्र सुश्रुतले शल्यक्रियाको विकास गरी उहाँ काशी जानु भएको थियो, उनले भने, विश्वामित्रले कोसी तरेर राम र लक्ष्मणलाई शिक्षा दिन जानु भएको थियो ।’ ओलीले चतरा ऋषि मुनीहरुले भगवनाहरुलाई शिक्षा दीक्षा दिने गरेको ठाउँको रूपमा विकास गरेको बताएका छन् ।

परापूर्व कालदेखि नै शिक्षामा अगाडी रहेको यस क्षेत्रमा पूर्वाञ्चल विश्वविद्यालयको स्थापनासँगै विद्यार्थीलाई देशभक्त हुने, देशको सेवा गर्न, सुयोग्य नागरिक बन्न प्रेरित गरेको बताए । उनले हिजोको गोठै गोठ भएको गाउँ अहिले विश्वविद्यालयको रूपमा चिनिएकोमा सबै खुसी हुनु पर्ने बताए । 

यस विश्वविद्यालयले छोटो अवधिमा धेरै प्रगति गरेको उल्लेख गर्दै ओलीले आजैदेखि कृषि स्कुल आफ एग्रिकल्चर र हेल्थ एन्ड साइन्सको उद्घाटन सुरु भएको बताए । उनले अब विश्वविद्यालयले छिट्टै मेडिकल कलेज सञ्चालन गरेर काम थाल्ने दाबी गरे ।

pu

  उनले आफू सरकारको प्रमुख पनि भएको कारणले  विश्वविद्यालयको उन्नति प्रगतीकोलागि सधैँ साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

  उनले बढ्दो प्रविधिको विकाससँगै  नागरिकलाई च्याट जिपीटि र एआईले सजिलो बनाएको उल्लेख गरे । ‘हामी छिटो दुनियाँमा छौँ?, उनले भने, अबको हाम्रो शिक्षा सरल, सहज र ईनोभेटिभ क्यारेक्टरको मानव मस्तिष्कलाई बनाउनु पर्छ ।’ उनले विद्यार्थीलाई पाठमा मात्रै केन्द्रित नभई ज्ञानको तत्त्व घुसाउन लाग्नुपर्नेमा प्रोफेसर लाग्नु पर्ने बताए । 

उनले विद्यार्थीलाई पलायन नहुन आग्रह गर्दै यो काम म गर्न सक्छु, देश बनाउन सक्छु, पलायन हुने हैन भन्ने भावनाका साथ  लाग्न आग्रह गरे ।

‘हिजोको गोठ गाउँ आज विश्वविद्यालय बनेको छ भनेँ यो विकास नभएर के भएको हो त ?, उनले भने, प्रगति भएको छ, बाटो लगायतका धेरै प्रगति भएको छ, हामी प्रगति गर्न सक्छौँ, सबै देश विकासमा लागौँ ।’